Logo

प्रमुख समाचार

केपी ओली बजेटमाथि अझै असन्तुष्ट किन ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमाथि आज पनि असन्तुष्टि पोखेका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले बजेटको विषयमा एकदुई जनाको मुख हेरेर कसरी सन्तोष मान्ने भन्दै प्रश्न गरे ।

अध्यक्ष ओलीले भने, ‘एकदुई जनाको मुख हेरेर बजेटको सन्दर्भमा भएको कति ठीक कति, बेठिक त्यो अलिक छलफल गर्नुपर्ने हुन्छ । एकदुई जनाको मुख हेरेर, हामी सरकारमा छौं भनेर, देश गरिबीतिर गए पनि के भयो भनेर हुन्छ ? हामी देशलाई गरिबीतिर जानबाट रोकेर देश विकास गर्न सरकारमा गएका हौं । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’

उनले एमालेले नेतृत्व गरेका मन्त्रालयको अवस्थाबारे पनि हेर्न आग्रह गरे । उनले थपे, ‘हामीले नै चलाइरहेको मन्त्रालयको स्थिति के छ, कस्तो छ विनियोजन रु त्यो पनि हेर्नुपर्ने हुन्छ । बाहिर बजारमा भन्दै हिँड्ने होइन ।’

प्रकाशित मिति : २ असार २०८१, शनिबार १६:१७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।