Logo

कर्पोरेट फोकस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न आग्रह



काठमाडौं । एनआइसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (पान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकले बैंकको पोर्टलमा वा मोबाइल बैंकिङ एपमा रहेको ‘पान अपडेट’ विकल्प छनोट गरी आफ्नो पान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ ।

बैंकका अनुसार ग्राहकले आफूलाई पायक पर्ने जुनसुकै शाखा कार्यालयबाट आफ्नो खातामा पान अध्यावधिक गर्नका लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ ।

प्रकाशित मिति : ९ असार २०८१, आईतवार ०९:१७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।