काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन घण्टा छलफल गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन् ।
सोमबार बिहान साढे ९ बजे बालुवाटार पुगेका अध्यक्ष ओली तीन घण्टा छलफल गरेर बालुवाटारबाट निस्किएका हुन् ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार, बीचमा केहीबेर बैठक रोकिएको थियो । पूर्वाञ्चल विश्वविद्यालय परिषद्को बैठकमा प्रधानमन्त्री सहभागी हुनुपर्ने भएपछि रोकिएको बैठक पुनः केहीबेर चलेको थियो ।
उनीहरूबीचको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रचण्डले आजको छलफलका लागि स्थान पनि नयाँ राजेको थिए ।
यसअघि गत शनिबार दिउँसो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ओलीले लगभग तीन घण्टा छलफल गरेपछि राजनीति तरंगित भएको छ ।
कांग्रेस सभापति देउवाले आजै पार्टीको पदाधिकारी बैठक राखेका छन् । ओली र देउवाको भेटपछि कांग्रेस र एमाले मिलेर सरकार बनाउनेबारे गृहकार्य अघि बढेको आँकलन छ । त्यसो त प्रधानमन्त्री प्रचण्ड पनि कांग्रेससँग निरन्तर संवादमा रहेको बताइन्छ ।




















प्रतिक्रिया