Logo

राजनीति

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश



काठमाडौं । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

कांग्रेस पूर्व केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिसभा सदस्य बनेका थिए । देवसँगै लोसपाका उपाध्यक्ष तथा संविधानसभा सदस्य अकवाल अहमद साह पनि एमाले प्रवेश गरेका छन् ।

प्रकाशित मिति : १७ असार २०८१, सोमबार १६:४८   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।