काठमाडौं । जनमत पार्टीका सांसद एवं पूर्वमन्त्री अब्दुल खानले शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् । संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने उनले बताएका हुन् ।
उनले भने, ‘संविधानले मौलिक हकको रुपमा ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य र रोजगारीको समस्यालाई समाधान गर्न सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउँछु ।’
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद खानले स्वास्थ्य क्षेत्रमा आवश्यक दरबन्दीको तत्काल व्यवस्था गर्न र स्वास्थ्य सामग्री खरिद र वितरण प्रणाली पारदर्शी बनाउन पनि सरकारलाई दबाब दिए ।
‘उपकरण खरिद तथा वितरण प्रणालीलाई पारदर्शी बनाउन, थन्किएर बसेका उपकरणहरुलाई चाहिएको ठाउँमा पुर्याउन आवश्यक रहेको छ । सभामुखज्यु, प्रत्येक नागरिकलाई रोजगारीको हक छ भन्नेकुरा संविधानको धारा ३३ ले ग्यारेन्टी गरेको छ ।’ उनले भने ।
प्रतिक्रिया