नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति तथा बरिस्ठ पत्रकार सीतारामप्रसाद बर्माको आज निधन भएको छ । बर्माको उपचारको क्रममा ७९ बर्षको उमेरमा निधन भएको हो ।
किष्ट मेडिकल कलेजमा उपचारारत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । हाल उनी राष्ट्रिय समाचार समिति(रासस) का धादिङ जिल्ला समाचारदाता थिए । पत्रकार बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए ।
बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिदै छ ।




















प्रतिक्रिया