Logo

धर्म / संस्कृति

धेरै सुते के हुन्छ ? जानी राखौं



खाना खाएपछि फुर्सद हुने वित्तिकै मान्छे झुपुक्क निदाउन खोज्छ प्राय दिउसमा । मानसिक र शारीरिक थकान मेट्ने उपाय पनि हो सुत्नु । तर, दिउँसो सुत्ने बानी देखि सावधान हुनुहोस् । दिउँसो एक घण्टाभन्दा बढी निदाउने मानिसलाई टाइप–२ डायबिटिज हुनसक्ने जापानी अनुसन्धानकर्ताहरुले बताएका छन् ।

तीन लाखभन्दा बढी मानिसमा गरिएको एउटा अध्ययनका आधारमा विज्ञहरुको यस्तो चेतावनी दिएका छन् । यसअघि बेलायती विज्ञहरुले दीर्धकालीन बिमार र डायबिटिजले मानिसलाई दिउँसो कमजोर महसुस गराउने र सुतौँ–सुतौँ बनाउने बताएका थिए । तर, दिउँसोको सुताइसँग डायबिटिजको सम्बन्धबारे भने उनीहरुले पुष्टि गर्न सकेका थिएनन् ।

तर, जपानी टोलीले गरेको पछिल्लो अध्ययन अनुसार दिउँसो नसुत्ने मानिसलाई भन्दा दिउँसो एक घण्टाभन्दा बढी सुत्नेलाई टाइप–२ डायबिटिजको ४५ प्रतिशत बढी खतरा छ । उनीहरुका अनुसार ४० मिनेटभन्दा कम सुत्नेलाई भने यो डायबिटिजको खतरा छैन। राति सुत्न नपाउँदा दिउँसो निद्रा लाग्नु स्वभाविक कुरा हो ।

असन्तुलित निद्राले हृदयघात, स्ट्रोक, मुटुजन्य समस्या, मेटाबोलिक डिसअर्डर, टाइप–२ डायबिटिज जस्ता समस्याको खतरा हुन्छ । कामको चाप वा सामाजिक जीवनशैलीका कारण कतिपय मानिसको निद्रा असन्तुलित हुन्छ । निद्रा कमजोर हुँदा भोक बढी लाग्ने र त्यसले टाइप–२ डायबिटिज निम्त्याउने अनुसन्धानकर्ताहरु बताउँछन् । एजेन्सी

प्रकाशित मिति : २९ असार २०८१, शुक्रबार २१:२१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।