काठमाडौं । सिजी मोटर्सले आक्रामक रुपमा चार्जिङ स्टेसन विस्तार गरिरहेको छ । नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण सिजी मोटर्सले आफ्नो ब्रान्डलाई निरन्तर उचाइमा पुर्याइरहेको छ ।
सिजी मोटर्सले हाल नेपालमा १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ । ‘१८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा सिजी मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट छ । साथै समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ । सो समयमा मलाई सिजीको चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ । सिजीको सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु’, बालाजु यातायातका सोम प्रसाद तुलाचनले बताए ।
३८० किमिको रेन्ज दिने नेटा भी गाडी, सबैभन्दा बढी रुचाइएको ११ सिटर इभी भ्यान सिजी केवाइसी तथा सबैभन्दा बढी बिक्ने तथा लामो अनि छोटो रुटका लागि प्रयोग हुने १४ सिटे कमर्सियल भ्यान किङलङको नेपालका लागि आधिकारिक बिक्रेता हो।
सिजी मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको छ । सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक किंग लङ र केवाईसी ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गरेका छ ।
अन्नपूर्ण यातायातका तोयनाथ पोखरेल भन्छन्-‘सिजी मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ । चार्जिङ स्टेशनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ । काठमाडौँमा ३ वटा स्थानमा सिजीको सर्भिस स्टेशन राखेकाले हामीलाई जुन कुनै स्थानहरुबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुदाँ हामी ढुक्क छौं । साथै बजारमा तथा मिडियामा आएका अनेकौं टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु ।’
सिजी मोटर्सको रोडसाइड असिस्टेन्स सेवा जसले गर्दा कुनै पनि ठाउँमा सवारीसाधनलाई छिटो र प्रभावकारी सेवा तथा सहयोग गर्न कम्पनी सधैं तयार रहेको कम्पनीले जनाएकाे छ ।
गंगामहासागर यातायातका नारायण श्रेष्ठ भन्छन्, ‘किंग लङ भ्यानहरूको उच्च ग्राउण्ड क्लीयरन्स र गाडीको संरचनाले यातायात सेवाको लागि अब्बल छ । सिजी मोटर्सको बढ्दो सर्भिस पूर्वाधारले हामीलाई थप गाडी खरिद गर्न प्रोत्साहन गरेको छ ।’
सिजी मोटर्सले विश्वसनीय र वातावरणमैत्री यातायात समाधानहरू प्रदान गर्न अग्रणी बनेको छ । सिजी मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेको छ । विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुर रहेको छ ।
प्रतिक्रिया