Logo

अर्थ

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले हिजाे राती १२ बजेदेखि लागू हुने गरि पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट सोमबार नयाँ मूल्य प्राप्त भएको निगमले जनाएको छ । नयाँ खरिद मूल्य अनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजेल २ रुपैयाँ ८३ पैसाले बढेर आएको हो ।

सोमबार बसेको निगम संचालक समितिले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल, डिजेल तथा मट्टीतेल क्रमशः प्रतिलिटर ४ रुपैयाँ र ३ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार १०:१२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।