Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । मंगलबार सुनको मूल्य ९ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले छ ।

मंगलबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ ।

तीन दिनदेखि सुनले उच्च मूल्य रेकर्ड बनाइरहेको छ । यसअघि आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ तथा सोमबार १ लाख ४६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलवार ११:०४   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।