काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शहीद गङ्गालाल हृदय रोग केन्द्रलाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने बताएका छन् । मन्त्रालयको पदभार सम्हाले लगत्तै शहीद गङ्गालाल हृदय केन्द्र पुगेका मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका पौडेल गङ्गालालको वस्तुस्थितिबारे जानकारी लिन त्यहाँ पुगेका हुन् ।
गङ्गालाल अस्पताललाई ५०० शय्यामा विस्तार गर्न गुरु योजना तयार गर्ने उनले बताए । उनले अन्य ६ वटै प्रदेशमा समेत हृदय रोग केन्द्रको स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् ।
प्रतिक्रिया