काठमाडौं । सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटलबीच बैंकका ग्राहकलाई छुट उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।
हालै भएको उक्त सम्झौताअनुसार बैंकका ग्राहकले देशभर रहेका आरुष हस्पिटलका शाखामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
ग्राहकले छुट पाउन भने बैंकको कोर्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका ट्रान्जेक्सन बैंकिङ तथा इन्टरनेसनल बिजनेस प्रमुख जितबहादुर अधिकारी र आरुष हस्पिटलस्का प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गरे ।
ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सक्ने सिद्धार्थ बैंकले जनाएको छ ।




















प्रतिक्रिया