Logo

अर्थ

सुनको मूल्य तोलाकै डेढ लाख, एकैदिन २ हजार रुपैयाँ बढ्यो



काठमाडौं । बुधबार सुनकाे मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ । यसदिन सुनको मूल्य करिब डेढ लाख पुगेको छ ।

बुधबार प्रतितोला १ लाख ४९ हजार ८ रुपैयाँ मूल्य तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनकाे मूल्य ताेलामा २ हजार रुपैयाँले बढेकाे हो । अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ११:२१   :  बजे

333
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।