Logo

अर्थ

वाइवाइद्वारा क्यानलाई १० लाख रुपैयाँ हस्तान्तरण



काठमाडौं । वाइवाइले आईसीसी टी-२०  विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप उपलब्ध गराउने भनिएको रकम बुधबार हस्तान्तरण गरेको छ ।

चौधरी ग्रुपअन्तर्गत सीजी फुड्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको वाइवाइले आज एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

नेपाली राष्ट्रिय टिम टी-२० विश्वकपमा सहभागी हुँदा खेलाडीलाई प्रोत्साहन स्वरुप वाइवाइले प्रत्येक रनका निम्ति १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।

यस्तै, प्रत्येक विकेटका निम्ति १५ हजार, अर्धशतकबापत ५० हजार, शतकका लागि १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने घोषणा गरेको थियो । नेपाल सुपर ८ मा पुगे ३० लाख रुपैयाँ दिने घोषणा समेत गरिएको थियो ।

सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएको थियो । उक्त रकममा ५६ हजार रुपैयाँ थप गरी हस्तान्तरण गरिएको सीजीले जनाएको छ ।

बुधबार ललितपुरको आयोजित कार्यक्रमबीच सीजी फुड्सका सीईओ प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १३:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।