Logo

अर्थ

सेयर बजारमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर बिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ ।

आज सेन्ट्रल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिंगटी हाइड्रोको ९.९७, आँखु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को सेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ । एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १५:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।