काठमाडौं । सेयर बजारमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो ।
आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर बिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ ।
आज सेन्ट्रल फाइनान्सको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सिंगटी हाइड्रोको ९.९७, आँखु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ ।
त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को सेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ ।
आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ । एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ ।




















प्रतिक्रिया