Logo

अर्थ

नेपाल एसबिआई बैंकद्वारा एक्सटेन्सन काउन्टर उद्घाटन, शाखा स्थानान्तरण



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल एसबिआई बैंक लि. का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे र कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजन बाबु काफ्लेले संयुक्त रूपमा गरेका थिए ।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो भीमदत्त नगरपालिका-५, महेन्द्रनगर, कञ्चनपुर क्याम्पस रोडमा अवस्थित महेन्द्रनगर शाखा सोही नगरपालिकाको वडा नम्बर ४ स्थित ४ नम्बर गल्लीमा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १०:३६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।