Logo

अर्थ

सूर्योदय वोमी लघुवित्तको एफपीओ खुल्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?



काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ शुक्रबारदेखि निष्कासन खुला भएको छ । सर्वसाधारणका लागि कम्पनीले एफपीओ जारी गरेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४६ लाख ७२ हजार ९५४ कित्ता एफपीओ निष्कासन गर्दैछ । कम्पनीले निष्कासन गर्न लागेको एफपीओमा आजदेखि मेरो सेयर एपमार्फत आवेदन दिन सकिनेछ ।

सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी हुन लागेको हो ।

यसको बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार ११:०१   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।