Logo

अर्थ

नेप्से सामान्य अङ्कले बढ्दा १३ अर्ब ९१ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से सूचक २.१५ अङ्कले बढ्दै २४८८.०९ विन्दुमा उक्लिएको छ ।

आज १३ अर्ब ९१ करोडकाे सेयर कारोबार भएकाे छ ।  ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ को घटेको छ भने ६ को स्थिर रहेकाे छ ।

१३ वटा उपसूचकमध्ये आज बैंकिङ, डेभलपमेन्ट बैंक, होटल तथा पर्यटन, इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स र निर्जीवन बिमा समूहको उपसूचक ऋणात्मक भएका छन् । त्यस्तै फाइनान्स, हाइड्रोपावर, जीवन बिमा, म्युचुअल फन्ड, ट्रेडिङ र अन्य समूहको उपसूचक धनात्मक भएका छन् ।

मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दा आज गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९४ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १५:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।