Logo

जनप्रतिनिधि

बालेनको समर्थनमा काठमाडौंको वडा नम्बर २४ मा प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरको न्यूरोडको फुटपाथ विस्तारको समर्थनमा वडा नं. २४ मा प्रदर्शन भएको छ । वडा नं. २२ र २३ मा जनप्रतिनिधिले विरोध गरिरहँदा वडा नं. २४ मा भने स्थानीयबासीले मेयर बालेन्द्र शाह बालेनको पक्षमा प्रदर्शन गरेका हुन् ।

उक्त वडामा फुटपाथ विस्तार भइसकेको छ । त्यसैको समर्थनमा वडाबासीले मखनमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले ‘फुटपाथ बढाएर आमनागरिकलाई सहजसँग हिँड्न देऊ’, ‘चेलीबेटी दिदी–बहिनीको सुरक्षा गर’, ‘अगाडि बढ बालेन जनता तिम्रो साथमा छन्’ जस्ता नारा प्रस्तुत गरेका थिए ।

सडक विभाग र महानगरबीचको विवादमा उच्च अदालत पाटनले महानगरको पक्षमा फैसला गरेपछि फुटपाथ विस्तार भइरहेको छ । यसैबीच वडा नं. २२ र २३ का जनप्रतिनिधि र मेयर, उपमेयरसहितको छलफलले आगामी मंसिर २ गतेसम्म विस्ताकार काम नगर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार ०८:४२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।