काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
सो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले साउन १५ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले सार्वजनिक सूचनामाफर्त जनाएको छ ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ । न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० लाख कित्ताकै लागि आवेदन दिन सकिनेछ ।




















प्रतिक्रिया