काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएकाे छ । ७५.३३ अंक बढेर नेप्से परिसूचक २५६३ अंकमा कायम भएको छ ।
आज १४ अर्ब ११ करोडकाे सेयर काराेबार भएकाे छ । २२० कम्पनीको मूल्य बढ्दा २० वटाको घटेकाे छ भने २ को स्थिर रहेकाे छ । आज सबै क्षेत्रका सूचकहरु बढेका छन् ।
आज बोटलर नेपाल, समृद्धि फाइनान्स, माण्डु हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्टको २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख २ हजार ८३५ कित्ता सेयर किनबेच भएको छ ।




















प्रतिक्रिया