Logo

अर्थ

७५ प्रतिशत बढ्यो सर्पोट लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति?



काडमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ७५ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले २ करोड ३८ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको हाे ।यो नाफा अघिल्लो आवको नाफा ७५.०३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १ करोड ३६ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख ९ हजार रुपैयाँ पुगेको छ । संचालन नाफा पनि १९४.३८ प्रतिशत बढेर २ करोड ९७ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १० करोड ७६ लाख रुपैयाँ छ । कम्पनीले जगेडा तथा कोषमा भने ५ करोड ३३ लाख रुपैयाँ छ । कम्पनीको निक्षेप पनि एक वर्षमा १५.१० प्रतिशत बढेर ३४ करोड ९१ लाख रुपैयाँ पुगेको छ । कर्जा प्रवाह पनि १४.१० प्रतिशत बढेर १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ कायम भएको छ ।

संस्थाको खराब कर्जा अनुपात १.८३ प्रतिशतबाट घटेर १.६३ प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि ९ लाख ७३ हजार रुपैयाँ छुट्टाएको छ ।

संस्थाको प्रतिसेयर आम्दानी २२.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.५५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२९.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८३.९५ गुणा र तरलता अनुपात १५.९८ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १२:०३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।