काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीको बाह्रौँ वार्षिक साधारणसभा आगामी साउन ३२ गते, शुक्रबार, महालक्ष्मी नगरपालिका वडा नं. ८, लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।
सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) पछि कायम ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ चुक्ता पुँजीमा १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश हुनेछ । एफपीओ हात पार्नेले पनि प्रस्तावित बोनस सेयर पाउने भएका छन् ।
सभामा, नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गरी कम्पनीको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्वलाई प्रबन्धपत्रमा संशोधन गरी पुँजी संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएकाले साउन २३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।




















प्रतिक्रिया