काठमाडौं । शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनकाे मूल्य ३ सय रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रबार छापावाल सुनकाे मूल्य १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको हो । बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियाे ।
यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच चाँदीकाे मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो ।




















प्रतिक्रिया