Logo

अर्थ

३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै प्राइम बैंक



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न लागेको छ ।

उक्त हकप्रद निष्काशनका लागि बैंकले साउन २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको हो । प्रतिऋणपत्र १ हजार रूपैयाँमा ३० लाख कित्ता ऋणपत्र निष्काशनको तयारी बैंकले गरेको हो ।

आगामी १० वर्षसम्मका लागि वार्षिक ८ प्रतिशत ब्याजदरमा उक्त ऋणपत्र निष्काशन गर्न बैंकले बोर्डसँग अनुमति मागेको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कुल कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने र बाँकी १८ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विभिन्न संघ संस्थामा विक्री गरिने बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १२:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।