Logo

अर्थ

मौद्रिक नीति सकारात्मक आयो, संस्थागत लगानीकर्तालाई राहत भएको छ : अध्यक्ष पोखरेल



काठमाडौं । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चालु आर्थिक वर्षको मौद्रिक नीति सकारात्मक रहेको बताएकी छिन् । संस्थागत लगानीकर्तालाई राहत भएको  प्रतिक्रिया दिदै उनले मौद्रिक नीति सकारात्मक आएको बताइन् ।

यो मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने र यसले शेयर बजारमा पनि सकारात्मक असर पर्ने उनले बताइन् । सार्वजनिक मौद्रिक नीतिले लघुवित्त संस्थाहरुले लिन पाउने अधिकतम ब्याजदर १५ प्रतिशतमा पुनरावलोकन गर्ने भनेको छ । यो ब्याजदर बढाउन वा घटाउन खोजिएको भन्ने स्पष्ट छैन ।

लघुवित्तको नाफामा यसले सिधा असर पार्दछ । लघुवित्तको अधिकतम ब्याजदर घटाउँदा त्यसले नकारात्मक असर पार्दछ भने बढाउँदा कम्पनीको नाफा पनि बढ्ने भएकाले बजारमा सकारात्मक प्रभाव पार्दछ । त्यस्तै लघुवित्तले दिन पाउने लाभांशको सीमालाई पनि हटाइएन ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा गणनाको विधिलाई पनि यथावत राखेको छ । सेयर धितो राखिने साधारण सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ, त्यहीं रकमको ७० प्रतिशत मात्रै बैंकहरुले सेयर धितोमा कर्जा दिनुपर्ने व्यवस्था छ । जुनसुकै कम्पनीका सेयर धितोमा यस्तो कर्जा दिइँदैन ।

नेगेटिभ नेटवर्थ (प्रतिसेयर नेटवर्थ १ सयभन्दा कम) भएका, नेपाल स्टक एस्क्चेन्जमा सूचीकरण नभएका, आर्थिक वर्ष पूरा भएको १ वर्षसम्म लेखापरीक्षण नगरेका, पछिल्लो ३ वर्षसम्म नोक्सानीमा रहेका, व्यवसायिक संचालनमा आएको १ वर्ष पूरा नभएका, ३ वर्षदेखि साधारणसभा नगरेका कम्पनीका सेयर धितोमा बैंकले यस्तो मार्जिन कर्जा दिन नपाउने व्यवस्था छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार ०८:४२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।