Logo

अर्थ

दुईपटक सर्किट ब्रेक लागेको सेयर बजार ११३ अंकले बढ्याे, १५ अर्ब ८१ करोडको कारोबार



काठमाडौं । नेप्से परिसूचक आइतबार ११३.४२ अंकले बढेर बन्द भएको छ । आज कारोबार खुल्ने बित्तिकै दुईपटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको बजार अन्तिममा ४.४१ प्रतिशतले वृद्धि भएर २६८१.५६ विन्दुमा बन्द भएको हो ।

१५ अर्ब ८१ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो सेयर कारोबार दिन बजार सकारात्मक देखिएको छ । आज दुईपटकसम्म सर्किट ब्रेक लागेर बजार बन्द भयो ।

पहिले एक मिनेटमा बजार ४ प्रतिशतले बढेर २० मिनेट र त्यसपछि पुनः सर्किट ब्रेक लागेर ४० मिनेट बजार बन्द भएको थियो ।

वाणिज्य बैंकहरूको सेयर सर्वाधिक बढेको छ । वाणिज्य बैंकिङ समूहको परिसूचक ९.८९ प्रतिशतले बढेको छ । लगानी समूहको परिसूचक ५.७५ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्सको सेयर मूल्य भने ०.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आईतवार १५:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।