नेप्सेले एनआइसी एसिया ग्रोथ फन्डको १२ प्रतिशत नगद लाभांश पछिको इकाइमा मूल्य समायोजन गरेको छ । समायोजन पछिको मूल्य नेप्सेले ९ रुपैयाँ ९९ पैसा निर्धारण गरेको छ । फन्डले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
यसको लागि फन्डले आज (भदौ २५ गते) बुक क्लोज गरेको छ । तसर्थ, भदौ २४ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको लाभांश पाउनेछन् ।
प्रतिक्रिया