Logo

१२ प्रतिशत नगद लाभांस बाड्दै एनआइसी एसिया ग्रोथ फन्डको इकाई मूल्य समायोजन 



नेप्सेले एनआइसी एसिया ग्रोथ फन्डको १२ प्रतिशत नगद लाभांश पछिको इकाइमा मूल्य समायोजन गरेको छ । समायोजन पछिको मूल्य नेप्सेले ९ रुपैयाँ ९९ पैसा निर्धारण गरेको छ । फन्डले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

यसको लागि फन्डले आज (भदौ २५ गते) बुक क्लोज गरेको छ । तसर्थ, भदौ २४ गतेसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको लाभांश पाउनेछन् । 
 

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १०:४९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।