काठमाडौं । आज सुनको मूल्य बढेको छ । साेमबार सुनकाे मूल्य ताेलामा ४ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन १ लाख ४६ हजार १ सयमा कारोबार भइरहेकाे छ ।
यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४५ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ४ सयमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर तोलाको १७५० मा कायम भएकाे छ ।




















प्रतिक्रिया