काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेकाे छ । आज परिसूचक नेप्से २०.६३ अंक घटेर २६६० अंकमा झरेको छ ।
कारोबार सुरु भएको दुई मिनेटमै नेप्से परिसूचक २७३५ अंकसम्म पुगेको थियो ।
बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिनायताकै उच्च हो । ७० कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ४ को स्थिर रह्यो ।
नेपाल फाइनान्स, मन्दाकिनी हाइड्रो, बाराही हाइड्रो, जानकी फाइनान्स, गणपति लघुवित्त उच्च कमाउने शीर्ष कम्पनीमा परेका छन् ।




















प्रतिक्रिया