Logo

समाचार

कामु प्रधानसेनापतिमा सिग्देल नियुक्त



काठमाडौँ । सरकारले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले  सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति शर्माको कार्यकाल आगामी भदौं २४ गते सकिने हुनाले त्यो भन्दा एक महिना अगाडी साउन २५ देखि विदा बस्ने प्रचलन अनुसार सरकारले सिग्देललाई कामु प्रधानसेनापति नियुक्त गरेको हो ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ०९:३८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।