Logo

अर्थ

सुनचाँदीकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै मंगलबार चाँदीकाे मूल्य १० रुपैयाँले घटेकाे छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलवार ११:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।