काठमाडाैं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्ड २ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुका लागि प्रतिफल घोषणा गरेको छ ।
लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशतका दरले र लक्ष्मी उन्नती कोषले ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
साउन १४ गते बसेको यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । यी फण्डहरुको योजना व्यवस्थापक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।




















प्रतिक्रिया