काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बेच्ने सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अब नागरिकले अनिवार्य रूपमा नागरिकता लगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ ।
केन्द्रीय बैङ्कको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मङ्गलवार एक सूचना जारी गर्दै बिक्री हुने विभिन्न प्रकारका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्युटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो ।
असर्फी, स्मारिका सिक्का र मेडालियन खरिदका लागि अनुरोध गर्दा ग्राहकले अनिवार्य रूपमा आफ्नो परिचय खुल्ने जस्तै नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा चालक अनुमति पत्र वा मतदाता परिचयपत्र वा राहदानी वा नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने बताएको छ । तर, विदेशी नागरिकको हकमा राहदानी प्रस्तुत गर्नु पर्ने केन्द्रीय गरेको जनाएकाे छ ।





















प्रतिक्रिया