Logo

अर्थ

मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १४(३) बमोजिम उमेशकुमार आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।

करिब २० वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए । नेपालमा एक बैंकिङ विज्ञको रूपमा परिचित उनी विभिन्न निकायहरूमा नीतिगत परामर्शदाताको रूपमा समेत काम गर्दै आएका छन् ।

‘नेपालमै टिक्न, सजिलो छ’ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजनाहरू ल्याएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८१, बुधबार १६:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।