Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, पौने २२ अर्बको कारोबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचक ५.२९ अंकले घटेर २७५५.६२ विन्दुमा बन्द भएको छ ।

आज २१ अर्ब ७१ करोड ३४ लाख ३१ हजार बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको परिसूचक घटेको छ।

आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै एचआइडीसीएल, नेपाल हाइड्रो डेभलपर, शुभव पावर, सीटी होटलस्, कुथेली बुखरी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे ५९ करोड ७५ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार १५:२८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।