काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म ७५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.८१ प्रतिशतले कम हो । अघिल्लो वर्ष यसले १ करोड ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी १४.२२ प्रतिशतले बढेर २३ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाको यस्तो आम्दानी २० करोड ७७ लाख रुपैयाँ थियो ।
असारसम्म आइपुग्दा यसको इम्पेयमेन्ट चार्ज बढेर २ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यही चार्ज बढ्दा नाफामा असर गरेको हो । यस्तै, हिमालयनको सञ्चालन नाफा पनि १७.२२ प्रतिशतले घटेर १ करोड ८ लाख रुपैयाँमा आएको छ । इम्पेयमेन्ट चार्ज बढ्नु अनि सञ्चालन नाफा घट्दा यसको खुद नाफामा प्रत्यक्ष असर परेको हो ।
हाल लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा १० करोड १९ लाख रुपैयाँ जम्मा रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३६ पैसा र प्रतिसेयर नेटवर्थ भने १२३ रुपैयाँ ५७ पैसा छ ।




















प्रतिक्रिया