काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ७२५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ९५ रुपैयाँ कायम रहेको थियो ।




















प्रतिक्रिया