Logo

अर्थ

नेपाल फाइनान्सको खुद नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?



काठमाडौं । नेपाल फाइनान्सको खुद नाफा घटेकाे छ । फाइनान्स चौथो त्रैमाससम्ममा खुद नाफा १० प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड १ लाख ३४ हजार रुपैयाँ खुदमु नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष २ करोड ५० लाख ३९ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार ११:५९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।