Logo

अर्थ

एशियन लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेकाे छ । इन्स्योरेन्सले विद्यमान संस्थापक सेयरधनीहरु र अन्यले खरिद गर्न पाउने गरी सेयर बिक्रीमा ल्याएको हो ।

बीमा प्राधिकरणबाट जारी बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ बमोजिम संस्थापक सेयरधनीहरु तथा अन्य सर्वसाधारणका लागि सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र मैतिदेवीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १२:०९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।