प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालको खातामा रहेको भनिएको मुद्दती निक्षेपको रकम नभएको र उक्त खातामा जम्मा गरिएको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली रहेको जनाएको छ ।
बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त मुद्दती खाताको रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभएर नक्कली रहेको जनाएको हो ।
तर, मञ्जुकुमारीले बैंकमा रहेको आफ्नो खातामा जम्मा गरिएको एक करोड १९ रुपैयाँबाट एक करोड १० रुपैयाँ मुद्दति खातामा जम्मा गरिएको रकम अवधी सकिएपछि फिर्ता माग्न जाँदा खातामा रकम नभएको जवाफ दिएपछि आन्दोलित बनेका छन् ।
बैंकभित्र भएको वित्तीय अपराधमा सम्लग्न कर्मचारीलाई कर्बाही गर्नुपर्नेमा बैंकका सिईओ शेरचनले नै संरक्षण गरेको पीडितको गुनासो छ ।
घटना बाहिरीएपछि बैंकका मार्केटिङ म्यानेजर गत बुधबारदेखि सम्पर्कबिहीन छन् ।
घटनाको छानबिन गरि दोषीलाई कार्बाही गर्ने आश्वासन दिएको बैंकले भने रकम जम्मा गरेको प्रमाणनै नक्कली रहेको हास्यास्पद जवाफ दिएर उम्किने प्रयास गरिरहेको छ ।
बैंक र बैंकका कर्मचारीको मिलेमतो नभएको भए बैंकका आधिकारिक कागजातमा बाहिरी मान्छेको पहुँच कसरी हुन्छ ? यति ठुलो रकम दुरुपयोग गर्ने हिम्मत कर्मचारीमा कसरी आयो ? फेरि घटना घटेको यतिका समय बित्दासम्म दोषी पत्ता किन लागेन ? आज बैंकमाथि हरेकले प्रश्न गरिरहेका छन् ।
बिज्ञप्तीमा भनिएको छ, ‘बैंकले देशैभर २८३ एटिएम र ३१४ शाखा कार्यालयहरु समेतको सञ्जाल मार्फत अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक आफ्ना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हित एव गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहको लागि कटिबद्ध रहेको छ । आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईएको छ ।”
बैंकको नाममा जम्मा गरिएको मुद्दति निक्षेपको रसिद त नक्कली बन्ला तर बैंकले दिने व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट कसरी नक्कली बन्यो ? के बैंकले नक्कली व्यालेन्स सर्टिफिकेट बनाउने काम पनि गर्छ त ? यो घटनापछि गम्भीर प्रश्न बैंकमाथि नै तेर्सिएको छ ।
प्रतिक्रिया