Logo

कर्पोरेट फोकस

एनआईसी एशिया बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार गत वष बैंकको खुद नाफा ६८.९१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ नाफा गरेको यस बैंकले गत वर्ष १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको हो ।

गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १३.३९ प्रतिशतले घटेर १० अर्ब ६१ करोड ७१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी १२ अर्ब २५ करोड ८८ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशतले घटेर १३ अर्ब १६ करोड ९३ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष १५ अर्ब २ करोड ६७ लाख रुपैयाँ थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज २९३.९७ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ पुगेपछि बैंकको सञ्चालन नाफा ५३ . ८३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ६ अर्ब ५३ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकले यस वर्ष ३ अर्ब १ करोड ८१ लाख रुपैयाँ मात्रै सञ्चालन नाफा गरेको छ ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यस्तो नाफा ३ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ धनात्मक रहेको थियो । बैंकको खराब कर्जा १ .६३ प्रतिशतले बढेर १.७४ प्रतिशत कायम भएको छ भने आधारदर ९.१९ प्रतिशत रहको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) २९ रुपैयाँ १८ पैसाले घटेर ९ रुपैयाँ २६ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ २४ पैसा रहेको छ ।

असार मसान्तसम्ममा बैंकले ३ खर्ब ५४ अर्ब ५१ करोड १८ लाख रुपैयाँ निक्षेप संकलन गरि २ खर्ब ७२ अर्ब ९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको चुक्ता पूँजी २९ प्रतिशतले बढेर १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको छ । रिजर्भको आकार २२. ८३ प्रतिशतले बढेर १७ अर्ब ५५ करोड ५५ लाख रुपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निङ २ अर्ब ३० करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०९:३०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।