Logo

अर्थ

एभरेष्ट बैंकले कमायाे ३ अर्ब ७० करोड नाफा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

जसअनुसार बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०.०७ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ३ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको थियो ।

इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि थोरै बढेको छ । ७ अर्ब ४१ करोड रहेको उक्त आम्दानी ३.३५ प्रतिशत बढेर ७ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।

यता, सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ६३.३९ प्रतिशत घटेर २८ करोड २४ लाख रुपैयाँ कायम भएको छ । चक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ४ हजार रुपैयाँ रहेको एभरेष्टको जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ जम्मा रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने २३६.०६ रुपैयाँ छ । एनपीएल ०.७१ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ११:१३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।