Logo

अर्थ

४० अंकले बढ्याे सेयर बजार, २१ अर्ब ८६ करोडको कारोबार



काठमाडौं । सोमबार सेयर बजार ४०.७६ अंकले बढेको छ । नेप्से परिसूचक १.४७ प्रतिशतले बढेर २७९६.३८ को विन्दुमा पुगेको हो ।

आज कुल २१ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

१६३ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने १ को स्थिर रहेकाे छ ।  सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रका कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस क्षेत्रको समूहगत सूचक ६.६९ प्रतिशतले बढेको छ ।

यस्तै, ‘अन्य’ तथा व्यापार क्षेत्र पाँच प्रतिशतले बढेको छ भने, हाइड्रो, इन्भेस्टमेन्ट र जीवन बिमा क्षेत्रको समूहगत सूचक पनि तीन–तीन प्रतिशतले बढेको छ ।

निर्जीवन बिमा क्षेत्र एक प्रतिशतले बढ्दा अन्य ६ उपसमूहको समूहगत परिसूचक घटेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार १५:२३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।