काठमाडौं । चौधरी ग्रुप (सीजी) नेपालका लागि अमेरिकी प्रविधि कम्पनी मोटोरोलाको आधिकारिक वितरक बनेको छ । सीजी मोबाइलले सोमबार मोटोरोलासँगको रणनीतिक साझेदारीको घोषणा गरेको हो ।
यससँगै सीजी मोबाइल नेपालमा यही अगस्ट २०२४ देखि मोटोरोलाको आधिकारिक वितरक बनेको छ ।
अब मोटोरोलाका सुरुवाती तहदेखि फ्ल्यागशिपसम्मका उत्पादन सीजी मोबाइलले नेपालमा सार्वजनिक गर्नेछ । सीजी र मोटोरोलाको सहकार्य भने भारतबाट सञ्चालन हुने बताइएको छ ।
सीजीकाअनुसार आगामी चाडबाडको सिजन अर्थात् दशैंदेखि मोटोरोलाका उत्पादन नेपालमा सार्वजनिक हुनेछन् । सीजीले आफ्ना डिस्ट्रिब्युटर तथा वितरकलाई समेत मोटोरोलाका उत्पादनसँग जोड्ने तयारी थालिसकेको छ ।





















प्रतिक्रिया