काठमाडौं । डेंगी सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा (ईडीसीडी)का अनुसार २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको हो ।
७७ जिल्लामध्ये ७३ जिल्लामा डेङ्गु सङ्क्रमण फैलिएको छ । सबै भन्दा बढी सङ्क्रमित सङ्ख्या २८७ जना काठमाडौं जिल्लाका छन् । त्यस्तै, भक्तपुर ४२ जनामा र ललितपुरका ३१ जनामा डेङ्गु पुष्टि भएको हो। देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेङ्गु फैलिएको छ।देशभर २ हजार ३ सय ६५ जना सङ्क्रमितमध्ये तीन सय ६० जना काठमाडौं उपत्यकामा फेला परेका हुन्। डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूले सुझाएका छन् ।
त्यसैगरी, हैजा संक्रमितको संख्या पनि बढ्दै गएको छ । देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो । हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन ।




















प्रतिक्रिया