Logo

अर्थ

सेयर बजारमा भारी गिरावट, २३ अर्बमाथिको कारोबार



काठमाडौं । मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन परिसूचक नेप्से १४५ अंकले घटेर २६५१ अंकमा कायम भएको छ ।

यसदिन २३ अर्ब ७१ करोडको कारोबार भएको छ । आज सबै क्षेत्रका सूचक घटेका छन् ।

२३३ कम्पनीको सेयर मूल्य घट्दा जम्मा ८ वटा कम्पनीको मात्र बढेको छ । मंगलबार हिमालय रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा कम्पनीको मात्र १ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसूचक ऋणात्मक भएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १५:१६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।