काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुनकाे मूल्य तोलामा १४ सयले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनकाे मूल्य तोलाको १ लाख ४६ हजार ३ सयमा कारोबार भएको छ । यसअघि मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर १७१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया