Logo

अर्थ

सेयर बजारमा १०८ अंकको वृद्धि, १७ अर्ब ९५ करोडको कारोबार



काठमाडौं । अघिल्लो दिन १४५ अंक घटेको सेयर बजार बुधबार नै १०८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७५९ अंकमा कायम भएको छ ।

आज १७ अर्ब ९५ करोडको कारोबार भएकाे छ । २३९ कम्पनीको मूल्य बढ्दा ३ को घट्यो । सबै क्षेत्रका सूचक बढेका छन् ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत, दोल्ती पावर कम्पनी, सिटी होटल र हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकले गुमाएका छन् । आज यसका इकाईधनीले ३.८२ प्रतिशतका दरले गुमाएका हुन् ।

आज हिमालयन रिइन्स्योरेन्सकाे सार्वधिक कारोबार भएकाे छ । यस कम्पनीकाे १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँकाे काराेबार भएकाे छ ।

 

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार १५:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।